News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

सुदूरपश्चिम टप गर्दै एसपीए कलेजकी टेरेसा जोराको उत्कृष्ट सफलता

User Photo
आइतवार, जेष्ठ १९, २०८२
काठमाण्डौ ।

 

सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त शिक्षण संस्था एसपीए कलेज, धनगढीमा अध्ययनरत छात्रा टेरेसा जोराले त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस दोस्रो वर्षको नतिजामा ७५ प्रतिशत अंक ल्याएर प्रदेशमै उत्कृष्ट सफलता हासिल गरेकी छिन्। यसैमार्फत उनले सुदूरपश्चिम प्रदेशभरिका विद्यार्थीहरूबीच आफूलाई शैक्षिक अग्रणीका रूपमा उभ्याएकी छन्।

 

टेरेसाको यस उत्कृष्ट नतिजा उनको व्यक्तिगत मेहनत, लगनशीलता र निरन्तर अभ्यासको परिणाम हो। यससँगै यो सफलता एसपीए कलेजको शैक्षिक वातावरण, समर्पित शिक्षकमण्डली र उत्कृष्ट व्यवस्थापन प्रणालीको पनि प्रतिविम्ब हो। कलेजले विद्यार्थीहरूलाई नेतृत्व क्षमता, व्यावसायिकता र नविन सोचको विकासमा निरन्तर प्रोत्साहन दिँदै आएको छ, जसको प्रतिफलस्वरूप टेरेसाले यसरी प्रदेश टप गर्ने उपलब्धि हासिल गरेकी हुन्।

 

एसपीए कलेजका प्राचार्य, कक्षा शिक्षक र प्रशासनिक टोलीले टेरेसाको सफलता प्रति गर्व र प्रसन्नता व्यक्त गरेका छन्। उनीहरूले टेरेसालाई शिक्षा, मेहनत र आत्मविश्वासको प्रतीकको रूपमा सम्मान गर्दै आगामी दिनहरूमा अझै उचाइ हासिल गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

 

कलेजका क्याम्पस प्रमुख श्री योगराज गौतमका अनुसार, “यो सफलता केवल एउटा विद्यार्थीको मात्र होइन, एसपीए कलेजको निरन्तर प्रगतिशील शिक्षण पद्धति, समर्पित टिमवर्क र गुणस्तरीय व्यवस्थापनको परिणाम हो। हामीले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यावहारिक, नेतृत्वमुखी र देशप्रेमपूर्ण शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छौँ। टेरेसाको उपलब्धिले त्यसै दृष्टिकोणलाई पुष्टि गरिदिएको छ।”

 

गौतमका अनुसार, पछिल्ला केही वर्षयता एसपीए कलेजले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। चाहे बोर्ड परीक्षाको नतिजा होस् या विश्वविद्यालय तहका मूल्याङ्कन, विद्यार्थीहरूको प्रदर्शन सधैं उत्कृष्ट र प्रेरणादायी रहँदै आएको छ। उनले थपे, “हामी देशकै नमुना कलेज बन्ने लक्ष्यमा अग्रसर छौँ। टेरेसाजस्ता होनहार विद्यार्थीहरूले हाम्रो त्यो लक्ष्यलाई थप सुदृढ र व्यावहारिक बनाइरहेका छन्।”

 

टेरेसाको सफलता सुदूरपश्चिम प्रदेशका हजारौं विद्यार्थीहरूको लागि उत्साह र प्रेरणाको स्रोत बनेको छ। उनले देखाएको अनुशासन, निरन्तरता र संघर्ष सबैका लागि एउटा प्रेरणादायी मार्ग हो। यस किसिमका उपलब्धिहरूले शिक्षालाई समाजमा अझै सम्मानजनक र उद्देश्यपूर्ण बनाउने विश्वास कलेजले लिएको छ।

 

एसपीए कलेजले आगामी दिनमा पनि यस्तै गुणस्तरीय शिक्षा, नवप्रवर्तनशील सोच र विद्यार्थी केन्द्रित कार्यक्रमहरू मार्फत विद्यार्थीहरूलाई अझ उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.