News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

हिमानी ट्रष्टद्वारा मणिसाँघुमा बर्थिङ सेन्टर निर्माण, युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्रबाट शिलान्यास

User Photo
आइतवार, जेष्ठ २६, २०८२
काठमाण्डौ ।

 

 

विरेन्द्र बाग:जुम्ला, जेठ २५ – जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टको पहलमा निर्माण हुन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर) को शिलान्यास युवराज्ञी हिमानी सरकार र नवयुवराज हृदयेन्द्र सरकारको हातबाट गरिएको छ।

 

एक विशेष कार्यक्रममा युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्रले संयुक्त रूपमा ढुंगामा खोप्टा हालेर बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन्। कार्यक्रममा स्थानिय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा, र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

शिलान्यास कार्यक्रममा बोल्दै युवराज्ञी हिमानीले दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवा विस्तार गर्नु हिमानी ट्रष्टको प्रमुख उद्देश्य रहेको बताइन्। उनले भनिन्, “सुत्केरी महिलाहरूलाई सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन यो केन्द्र महत्वपूर्ण हुनेछ।”

 

त्यस्तै, नवयुवराज हृदयेन्द्रले स्थानीय समुदायको साथ र सहभागिताले मात्र दीगो विकास सम्भव हुने भन्दै सहयोगका लागि सबैलाई आग्रह गरे।

हिमानी ट्रष्टले यसअघि पनि देशका विभिन्न दुर्गम भेगमा स्वास्थ्य, शिक्षा, र विपद् राहतसम्बन्धी कार्य गर्दै आएको छ। मणिसाँघुमा निर्माण हुने बर्थिङ सेन्टरले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.