विरेन्द्र बाग— समुद्री सतहबाट २३०० मिटरको उचाइमा रहेको जुम्लाको हिमा गाउँपालिका–७ मा निर्माण गरिएको सिँचाइ पोखरीको उद्घाटन श्री ५ युवराज्ञी हिमानी शाह सरकार र नवयुवराज हृदयेन्द्र शाहले गर्नुभएको छ।
राजि राणा तथा प्रभु शमशेर जबरा राणा निजी गुठीद्वारा निर्माण गरिएको उक्त पोखरीबाट सयौं हेक्टर कृषि भूमि सिँचाइको पहुँचमा आउनेछ। यसले स्याउ, आलु, मार्सी धान लगायतका बालीको उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
स्थानीय किसानहरूलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको यस आयोजनाबाट जुम्लाको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

