News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

कलकट्टा बजारमा प्रहरीमाथि हातपात : एक पक्राउ, अनुसन्धान जारी

User Photo
बुधबार, जेष्ठ २९, २०८२
काठमाण्डौ ।

कञ्चनपुर, जेठ २८ कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित कलकट्टा बजारमा सादा पोशाकमा खटिएका एक प्रहरी असईमाथि स्थानीयको समूहले हातपात गरेको घटनाको भिडियो मंगलबार सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त घटना एक साताअघि अर्थात् जेठ २१ गते बिहानको हो।

 

इलाका प्रहरी चौकी पचुईबाट सादा पोसाकमा गस्तीमा निस्किएका असई वीर बहादुर चन्द र जवान विष्णु उपाध्याय सीमावर्ती क्षेत्रमा गस्तीमा थिए। त्यही क्रममा भारतको सीमावर्ती बजारबाट युरिया मल बोकेर साइकलमा आएका एक स्थानीय कालुराम चौधरीलाई रोकेर सोधपुछ गरिएको थियो। असई चन्दका अनुसार चौधरीले मल घरकै लागि ल्याएको बताएका थिए।

 

‘मैले मुख खोलेर ल्याउनु भनेको हो, पुरै बोरा किन ल्याएको भनेर सम्झाएको थिएँ,’ चन्दले भने, ‘त्यसपछि जवानले मल बोकेर मोटरसाइकलमा चौकीतर्फ लगे, म भने एक्लै परेँ।’

 

त्यसपछि स्थानीय व्यापारी राहुल रानाको नेतृत्वमा आएको समूहले असई चन्दमाथि हातपात गर्दै कपडा च्यातेको आरोप छ। घटनाको भिडियोमा असई चन्द भित्री वस्त्र (सेन्डो) मा रहेका देखिन्छन् भने उनीमाथि स्थानीयहरूले हातपात गरिरहेका छन्।

 

प्रहरीको दाबी अनुसार उक्त घटनाअघि चन्दले भारतबाट अवैध रूपमा भित्र्याइएको केही हार्डवेयर सामग्री नियन्त्रणमा लिएका थिए, जुन सामान राहुल रानाको भएको खुलेको छ। सोही रिसको कारण आक्रमण गरिएको चन्दको भनाइ छ।

 

घटनामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त राहुल रानालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए। ‘अन्य व्यक्तिहरूको पहिचान भइरहेको छ,’ उनले भने, ‘भिडियोका आधारमा अनुसन्धान अघि बढाइएको छ।’

 

यसबीच, असई चन्दमाथि स्थानीयले दुव्र्यवहार गर्ने, पैसा असुली गर्नेजस्ता गतिविधिमा संलग्न भएको आरोप पनि लगाएका छन्। बेलौरी–८ का वडाध्यक्ष विश्राम रानाले भने, ‘उहाँ (असई चन्द) ले स्थानीयलाई जथाभावी दु:ख दिने गरेको भन्ने गुनासो सुन्न पाइन्छ।’

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.