News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

‘फाउन्डेशन षड्यन्त्र होइन, जननेताको सपना पूरा गर्ने अभियान हो’ – उषाकिरण भण्डारी

User Photo
शनिबार, असार १४, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: कन्चनपुर,१४ असार – स्वर्गीय जननेता मदन भण्डारीकी जेठी छोरी तथा मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले फाउन्डेशनलाई षड्यन्त्रको दृष्टिकोणबाट हेर्न नहुने स्पष्ट पार्नुभएको छ।

 

शनिबार काठमाडौंमा आयोजित ७४ औं मदन जयन्तीको अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बोल्दै अध्यक्ष भण्डारीले पछिल्लो समय फाउन्डेशनलाई लिएर भइरहेका राजनीतिक टिप्पणी र वहसप्रति जवाफ दिँदै फाउन्डेशनको उद्देश्य जनताको बहुदलीय जनवाद (जबज) लाई व्यवहारमा उतार्नु रहेको बताउनुभयो।

 

‘कन्स्पिरेसी थ्योरी बनाउने प्रयास भइरहेको छ, तर हामी विचलित हुँदैनौं,’ उषाकिरणको भनाइ थियो।

उनले फाउन्डेशन कुनै व्यक्तिगत स्वार्थ वा गुटगत सोचले होइन, मदन भण्डारीले देखाएको मार्गदर्शनलाई व्यवहारमा उतार्ने जिम्मेवारीबोधका साथ अघि बढेको बताइन्।

 

फाउन्डेशनले जनताको बहुदलीय जनवादको विषयमा देशव्यापी बहस, अनुसन्धान र प्राज्ञिक संवादको अभियान थालेको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालयका ११ विभागसँग मिलेर स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा जबजबारे अनुसन्धान गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति दिने सम्झौता भएको जानकारी दिइन्।

 

‘जबजको प्राज्ञिक अध्ययन मात्रै होइन, भावी पुस्तालाई हस्तान्तरण नै हाम्रो मुख्य उद्देश्य हो,’ उनले भनिन्।

उनका अनुसार जबज मार्क्सवादको आधुनिक र सिर्जनात्मक व्याख्यामा आधारित विचार हो, जसलाई अनुसन्धानको दायरामा ल्याएर समकालीन राजनीतिक सोचसँग जोड्ने प्रयास भइरहेको छ।

 

एमालेभित्रै पछिल्लो समय फाउन्डेशनका गतिविधि र त्यसको उद्देश्यबारे उठेका प्रश्न र विवादबीच उषाकिरणको यस्तो स्पष्ट धारणा सार्वजनिक रूपमा आएको छ। यो भनाइलाई फाउन्डेशनको औपचारिक र नीतिगत स्पष्टीकरणको रूपमा पनि हेरिएको छ।

 

मदन भण्डारीको नाममा स्थापित उक्त फाउन्डेशनले अब जबजको सैद्धान्तिक पक्ष, व्यवहारिक प्रयोग र ऐतिहासिक योगदानका पक्षमा बहस र लेखनलाई निरन्तरता दिने तयारी गरिरहेको समेत उनले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.