News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

बझाङमा अटो दुर्घटना चार जना घाइते 

User Photo
आइतवार, असार २२, २०८२
काठमाण्डौ ।

 

बझाङको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेत पुरानो बसपार्क नजिक अटो दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटना गएराति करिब ८:५० बजेको समयमा भएको हो। चैनपुरबाट झोतातर्फ जाँदै गरेको सुप्र ०१–००१ ह ६२७५ नम्बरको अटो अचानक अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो।दुर्घटनामा परेर अटो चालक केदारस्यु गाउँपालिका–९ का २४ वर्षीय विकास गिरी छातिमा चोट लागी मध्यम घाइते भएका छन्। त्यस्तै, सोही दुर्घटनामा केदारस्यु गाउँपालिका–१ का २९ वर्षीय दिनेश भण्डारी, केदारस्यु–९ का ३६ वर्षीय दीपक धामी र दुर्गाथली गाउँपालिका–३ का ३८ वर्षीय शिवराज कठायत घाइते भएका छन्।

उनीहरूलाई टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ।

घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेर तत्काल उद्धार कार्य गरेको थियो। उद्धारपछि घाइतेहरूलाई जिल्ला अस्पताल बझाङमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

हाल घाइते सबैको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.