News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

अपरेसन क्लिन’ अन्तर्गत सुर्खेतमा लागू औषध, यौन धन्दा र जुवातासमा कडा प्रहरी कारबाही

User Photo
बिहिबार, असार २६, २०८२
काठमाण्डौ ।

सुर्खेत :सुर्खेत प्रहरीले लागू औषध, अवैध यौनजन्य गतिविधि र जुवातास लगायतका गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ ।प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाही सुर्खेतको नेतृत्व सम्हाल्न आएसँगै राजधानी वीरेन्द्रनगरसहित जिल्लामा हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘अपरेसन क्लिन’ अभियान सञ्चालन गरिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख शाहीले आफ्नो कार्यकाल सुरु भएदेखि हालसम्म गरिएका महत्त्वपूर्ण कामकारबाहीबारे जानकारी गराए । ‘सुर्खेतमा लागू औषध, जुवा र वेश्यावृत्ति मुख्य सामाजिक समस्याको रूपमा देखिएका छन्,’ एसपी शाहीले भने, ‘यसको नियन्त्रणका लागि हामीले शून्य सहनशीलताको नीति अपनाएर कामलाई उच्च प्राथमिकतामा राखेका छौँ ।’उनका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३५ ग्राम ३४० मिलिग्राम लागुऔषध (ब्राउन सुगर), १७ ग्राम ३६० मिलिग्राम चरेस र ५ किलो ६४० ग्राम अफिम बरामद गरेको छ । लागू औषध कारोबारमा संलग्न ४४ जनालाई पक्राउ गरिएको छ, जसमा ५ जना महिला रहेका छन् ।जुवाताससम्बन्धी ४ वटा मुद्दामा २१ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।यस्तै अवैध यौनजन्य गतिविधिमा संलग्न २९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । पक्राउ पर्नेमा १२ पुरुष, १२ महिला र ३ जना होटेल सञ्चालक छन्, जसले व्यावसायिक रूपमै यौनधन्दा चलाइरहेको खुलेको छ ।अनुसन्धानका क्रममा यौनधन्दामा संलग्नहरूको डरलाग्दो तथ्य पनि बाहिर आएको छ । पक्राउ परेकामध्ये एक जना महिला एचआईभी संक्रमित र एक जना होटेल सञ्चालक पनि उक्त रोगबाट ग्रसित रहेको पाइएको छ ।

एसपी शाहीले भने, ‘समाजका विभिन्न तहबाट आएका गुनासा र सूचनाको आधारमा हामीले यी विकृतिविरुद्ध शून्य सहनशीलता अपनाएका छौँ । विशेषगरी होटेलहरूमा व्यावसायिक रूपमै यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा कारबाहीलाई तीव्र बनाएका छौँ ।’

करोडौँको अफिमसहित कारोबारी पक्राउ

यसैबिच बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषधविरुद्धको कारबाहीमा ५ किलो ५४० ग्राम तयारी अफिमसहित एक जनालाई पक्राउ गरेको । जसको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं पर्ने अनुमान गरिएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका—१० का ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन् । कार्यालय प्रमुख शाहीका अनुसार लामो समयदेखिको सूचना सङ्कलन, विश्लेषण र निगरानी पश्चात् बुधबार चिन्छुबाट उक्त परिमाणको अफिम बरामद गरिएको हो । बस्नेतले कालो झोलामा लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

‘प्रारम्भिक अनुसन्धानमा उक्त अफिम जाजरकोटका विभिन्न स्थानमा उत्पादन गरी सङ्कलन गरिएको र भारततर्फ लैजाने तयारी भइरहेको खुलेको छ,’ उनले भने, ‘यो अफिमको स्थानीय बजारमा प्रतिकिलो भारु १ लाख, नेपालगन्ज पुग्दा साढे दुई गुणा र भारत पुग्दा प्रतिकिलोको करोडौँसम्म पर्ने देखिन्छ । यो एउटा ठुलो सञ्जालको हिस्सा हो र हामीले यसको जरोसम्म पुग्न अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।’

प्रहरीले बस्नेतको साथबाट अफिमसहित एक थान डिजिटल तराजु, नगद ४,७२० रुपैयाँ, नागरिकता, विभिन्न बैंकका भौचर तथा चेकहरू समेत बरामद गरेको छ ।

जुवाखालमा पनि प्रहरीको छापा

यस्तै बुधबार नै प्रहरीले वीरेन्द्रनगरको हटियालाइनस्थित तीर्थराज भेग्मीरेले सञ्चालन गरेको ‘टेष्टी खाजा घर’मा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ३४ हजार ६४७ रुपैयाँ नगद र तास बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.