News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

बुङ्गलको घट्टेखोलामा बाढीको प्रकोप : घर–पसलमा क्षति, चार घर संकटमा

User Photo
आइतवार, साउन १२, २०८२
काठमाण्डौ ।

बझाङ — बझाङको बुङ्गल नगरपालिका–७ स्थित घट्टेखोलामा रातिदेखिको अबिरल वर्षापछि आएको बाढीले जनजीवन त्रस्त बनेको छ। आइतबार बिहान करिब साढे ६ बजे खोलाको पानी सतह अचानक बढेपछि बाढीले घर र पसलमा क्षति पुर्‍याएको हो।

स्थानीय दिलबहादुर लोहारको ढुङ्गामाटोले बनेको दुईतले, चारकोठे घर बाढीले आधासम्म पुरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस्तै, वडा नम्बर ७ का अध्यक्ष टंकप्रसाद जोशीको जस्तापाताले छाएको सानो पसलमा पनि क्षति पुगेको छ।

खोलासँगै रहेका अन्य चारवटा घर बाढीको थप जोखिममा परेका छन्। यद्यपि घटना स्थलमा मानवीय तथा पशु चौपायामा भने कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय बुङ्गलको जानकारी छ।

स्थानीयवासीमा त्रास फैलिएको छ भने जोखिम बढेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सरुवा गराउने तयारी स्थानीय प्रशासनले थालेको छ। मौसम अझै बदली रहेकोले जोखिम कायमै रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.