News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्समा नयाँ नेतृत्वको प्रारम्भ: प्रगति विवरण सार्वजनिकसहित जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न

User Photo
बिहिबार, साउन १६, २०८२
काठमाण्डौ ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालित युथम्यापर्स क्लबको नयाँ कार्यसमिति २०८२/२०८३ का लागि गठन गरिएको छ। यसै सन्दर्भमा आज एक विशेष समारोहका बीच पुरानो समितिबाट नयाँ समितिमा जिम्मेवारी हस्तान्तरण गरिएको छ।

 

क्लबका नवनिर्वाचित अध्यक्ष किरण भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, इन्जिनियरिङ संकायका डिन प्राध्यापक डा. किशनदत्त भट्ट विशिष्ट अतिथि रहनुभएको थियो। विश्वविद्यालयका विभिन्न संकाय र विभागका प्रमुख, प्राध्यापक, सहप्राध्यापक, विद्यार्थी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता कार्यक्रममा रहेको थियो।

 

कार्यक्रममा निवर्तमान अध्यक्ष पूजा पालीले आफ्नो कार्यकालमा क्लबले सञ्चालन गरेका विविध सामाजिक, शैक्षिक, प्रविधिमैत्री तथा नक्साङ्कनसम्बन्धी कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले छोटो अवधिमा क्लबले पुर्‍याएका उपलब्धिहरू उल्लेख गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो।

 

प्रमुख अतिथि उपकुलपति डा. पन्तले युथम्यापर्स क्लबले विश्वविद्यालयका विद्यार्थीहरूलाई समाजसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता गतिविधिले ज्ञानसँगै चेतनाको विकासमा पनि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नयाँ नेतृत्वलाई अझ दृढ र स्पष्ट कार्यदिशासहित अगाडि बढ्न सुझाव दिनुभयो।

 

विशिष्ट अतिथि डा. भट्टले क्लबले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास, सोच र सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नयाँ समितिले त्यसलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यक्रमको अन्त्यतिर पुरानो कार्यसमितिका सदस्यहरूलाई प्रशंसापत्र वितरण गर्दै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरियो।

 

अन्त्यमा, नव निर्वाचित अध्यक्ष किरण भट्टले युथम्यापर्स क्लबलाई आगामी दिनहरूमा थप सक्रिय, नविन र प्रभावकारी बनाउँदै विश्वविद्यालयको समग्र शैक्षिक वातावरणमा उदाहरणीय योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएकोे थियाे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.