News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

राजा जयपृथ्वीबहादुर सिंहको स्मृतिमा सुदूरपश्चिम विश्वविद्यालयमा विचार गोष्ठी सम्पन्न

User Photo
शनिबार, भदौ ७, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग:कंचनपुर, भाद्र ७ सुदूरपश्चिम विश्वविद्यालय, भाषा, साहित्य तथा सांस्कृतिक अध्ययन केन्द्रको आयोजनामा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औं स्मृति दिवसको अवसरमा एक विशेष विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रा. डा. हरीशचन्द्र भट्टको सभापतित्व, उपकुलपति प्रा. डा. हेमराज पन्तको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, मानविकी तथा समाजशास्त्र संकायका निवर्तमान डीन् मुकुन्द वल्लभ कलौनी लगायत विभिन्न दलका नेतागण, प्राध्यापक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले राजा जयपृथ्वीबहादुर सिंहको बहुआयामिक योगदानको स्मरण गर्दै उहाँलाई नेपालको इतिहासमा एक दूरदर्शी, शिक्षावादी र मानवतावादी व्यक्तित्वका रूपमा चित्रित गरे।

जनताको राजा : जयपृथ्वीबहादुर सिंह

नेपालको सुदूरपश्चिम क्षेत्रको बझाङका राजा जयपृथ्वीबहादुर सिंह एक असाधारण सामाजिक चिन्तक, प्रगतिशील शासक र शिक्षाको बलियो पक्षपाती हुनुहुन्थ्यो। उहाँले शिक्षा, मानव अधिकार, सामाजिक न्याय र समावेशी मूल्यहरूलाई राज्य सञ्चालनको मूल आधार बनाउनु भयो।

उहाँले आधुनिक शिक्षाको सुरुवात गर्दै नेपालमा पहिलोपटक विद्यालय स्थापना, पुस्तक लेखन र प्रकाशन, पुस्तकालय सञ्चालन, तथा शैक्षिक अवसरमा समान पहुँच सुनिश्चित गर्ने काम गर्नु भयो। उहाँले लेख्नुभएको “गुरु पुस्तक”, “जयपृथ्वी भाषण” लगायतका कृतिहरू आज पनि समाज रूपान्तरणका मार्गदर्शक बनेका छन्।

त्यसैगरी जातीय विभेद, लैंगिक असमानता, छुवाछुत र अन्धविश्वासजस्ता सामाजिक कुरीतिहरूविरुद्ध आवाज उठाउँदै उहाँले समानता र मानवताको पक्षमा उदाहरणीय पहल गर्नु भयो। उहाँले “शिक्षा बिना उन्नति छैन” भन्ने नारालाई व्यवहारमा उतार्दै राजालाई नभई जनतालाई केन्द्रमा राखेर शासन गर्ने परम्पराको सुरुवात गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले जयपृथ्वीबहादुर सिंहको योगदानलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने, उहाँका विचारलाई अनुसन्धान र संवादका माध्यमबाट जीवन्त राख्नुपर्ने, साथै सामाजिक रूपान्तरणमा उहाँको दृष्टिकोणलाई वर्तमान सन्दर्भमा पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले नयाँ पुस्तालाई देशभक्ति, सेवाभाव र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.