News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

कैलालीमा कारागार झडपको प्रभाव : एसपी राणा जिम्मेवारीबाट हटाइए, नरेन्द्र चन्द नयाँ एसपी

User Photo
बिहिबार, भदौ १२, २०८२
काठमाण्डौ ।

प्रहरी प्रधान कार्यालयले कैलालीका प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणालाई जिम्मेवारीबाट हटाएको छ। जिल्लामा शान्ति–सुरक्षा कायम गर्न असफल भएको ठहर गर्दै उनलाई कारबाहीस्वरूप सरुवा गरिएको हो।

गत वैशाखमा मात्र कैलाली पुगेका राणाको पाँच महिनामै सरुवा भएको हो। कैलाली कारागारमा भएको पछिल्लो झडपपछि उनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको थियो।

राणाको स्थानमा एसपी नरेन्द्र चन्दलाई पठाइएको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिए।

यसअघि सोही घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई साउन २८ गते नै केन्द्रमा तानिएको थियो। हाल दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.