News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बझाङमा अंग्रेजी शिक्षकमाथि धारिलो हतियार प्रहार

User Photo
सोमवार, भदौ १६, २०८२
काठमाण्डौ ।

 

बझाङ जिल्लाको मस्टा गाउँपालिका–१ रनाडास्थित माइतिबन निम्न माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक धुर्ब बहादुर रोकायामाथि आइतबार राति धारिलो हतियार प्रहार भएको छ।

 

अज्ञात व्यक्तिहरूको खुकुरी प्रहारबाट रोकायाको दायाँ कानको भागमा गम्भीर चोट लागेको छ। प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको भए पनि अवस्था जटिल भएपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको परिवारले जनाएको छ। रोकायाको घर खप्तडछान्ना–३ सिप्टिकोटमा पर्छ।

 

प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले शिक्षक अत्यधिक मदिरा सेवनपछि आफैं लडेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्। तर पीडित परिवारले सामान्य लडाइँ वा लडाइँपछिको घटनाबाट यति ठूलो चोट नहुने भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

 

घाइते रोकायाले भने घटनाबारे बयान दिँदै, दुई–तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले आफूलाई दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि धारिलो हतियार प्रहार गरी फरार भएको बताएका छन्।

 

हालसालै चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयले यस किसिमका घटनामा संगठित समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.