News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

कञ्चनपुरमा नहरमा हाम फालेका युवक बेपत्ता

User Photo
मङ्लबार, भदौ १७, २०८२
काठमाण्डौ ।

 

कन्चनपुर वेदकोट नगरपालिका–१० स्थित महाकाली सिचाँई आयोजनाको नहरमा हाम फालेका एक युवक मंगलबारदेखि बेपत्ता भएका छन्।

 

वेदकोट–१० बस्ने २० वर्षीय बलभद्र रानाले दिउँसो बल्मा नदी नजिकैको सिचाँई नहरको साईपनबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

प्रहरी प्रवक्ता सागर बोहराका अनुसार मानसिक समस्याबाट पीडित राना परिवारको निगरानीमै रहेका थिए। उनले परिवारलाई छलेर नहरमा हाम फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको बोहराले जानकारी दिए।

 

घटनापछि प्रहरी नायब उपरीक्षक (डिएसपी) बोहराको कमाण्डमा १२ जनाको टोली खटिएर खोजी भइरहेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत विपद् व्यवस्थापन गुल्म, महेन्द्रनगर कञ्चनपुरबाट प्रहरी नायब निरीक्षक ललितसिंह बिष्टको नेतृत्वमा थप ६ जनाको टोली परिचालन भएको प्रहरीले जनाएको छ।

 

हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत बेलडाँडीतर्फको नहर क्षेत्रमा रानाको खोजी कार्य जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.