News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

युवा व्यवसायी नविन चन्द : नयाँ सोचसहित संघ परिवर्तनको अभियानमा

User Photo
बुधबार, भदौ १८, २०८२
काठमाण्डौ ।

 

 

कन्चनपुर :भाद्र १८ , निर्माण व्यवसायी संघको १५औँ कार्य समिति निर्वाचनमा यसपटक युवाप्रति बढ्दो आशा पलाएको छ। त्यसमध्ये सबैभन्दा चर्चित नाम नविन चन्द सुनिदै आएको छ।

 

डेढ दशकअघि उच्च शिक्षा अध्ययनका लागि राजधानी गएका चन्दले २०७२ सालको महाभूकम्पपछि निर्माण व्यवसायलाई जीवनको बाटो बनाउने निर्णय गरे। सुरुमा आफन्तसँगै मजदुरी गर्दै व्यवसायको स्वाद चाखेका उनले आफ्नो श्रम र संघर्षलाई पुँजी बनाएर आज बासुलिङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सफल सञ्चालक बनेका छन्।

 

संघर्षबाट उक्लिएको अनुहार

 

नविन चन्द कुनै तयार अवस्थामा आएको नाम होइन। उनी सामान्य मजदुरको हात समाउँदै, धुलो–माटोसँगै पसिना बगाउँदै निर्माण यात्रामा उक्लिएका पात्र हुन्। यही पौरख, लगनशीलता र गुणस्तरप्रतिको अडानले उनलाई व्यवसायी मात्र होइन, जिल्ला स्तरमा युवाको प्रेरणादायी रोल मोडल बनाएको छ।

 

अस्वस्थ प्रतिस्पर्धा विरुद्धको आवाज

 

निर्माण व्यवसायीबीच पछिल्ला दिनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा चन्दलाई चुपचाप बस्न दिइरहेको छैन।

“हामीले बिलोमा ठेक्का लिएर आफैँलाई कमजोर बनाइरहेका छौँ। यस्तो प्रथा व्यवसायी, सरकार र जनतामाथि अन्याय हो,” चन्द भन्छन्।

 

उनको लक्ष्य ‘अतिबिलो’ प्रवृत्ति अन्त्य गरेर गुणस्तरीय निर्माणको संस्कृति स्थापित गर्ने हो। संघको सदस्य पदबाटै उनी यो सुधार यात्रा सुरु गर्ने दृढता व्यक्त गर्छन्।

 

दक्षिणी क्षेत्रको भरोसा

 

बेलौरी नगरका स्थानीय चन्द निर्वाचन क्षेत्र नं. १ का एकल उम्मेदवार हुन्। दक्षिणी क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी बोकेर उनले सबै मतदाताहरुलाई समर्थनका लागि अपिल गरिरहेका छन्।

 

“संघ अब जिल्लाभरिका सबै निर्माण व्यवसायीको साझा थलो बन्नुपर्छ। म सबै व्यवसायी साथीहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्छु,” चन्दको प्रतिवद्धता छ।

 

किन नविन?

संघर्ष र अनुभव दुवै बोकेका युवा व्यवसायी

गुणस्तरप्रतिको अडान र सुधारको दृष्टिकोण

अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने साहसिक संकल्प

दक्षिणी क्षेत्र मात्र होइन, सम्पूर्ण जिल्लाको प्रतिनिधित्व गर्ने दृष्टि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.