
विरेन्द्र बाग:कंचनपुर, भाद्र १९ सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म अहिले नेपाली समाजको अविभाज्य हिस्सा बनेका छन्। प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटस, तस्बिर र भिडियोमार्फत गतिविधि सार्वजनिक गर्ने, विचार व्यक्त गर्ने र भावनाको साटासाट गर्ने सामान्य प्रवृत्ति बनेको छ।
तर, यिनै प्लेटफर्महरू दर्ता नभएका कारण अवरुद्ध हुने अवस्था आएको छ। केही अवाञ्छित गतिविधि, गैरजिम्मेवार प्रयोग र असामाजिक तत्वको दुरुपयोगका कारण सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क बिन्दु (Point of Contact), स्व–नियमन व्यवस्था र गुनासो सुन्ने अधिकारी तोकेर कम्पनी सूचीकृत नगरेसम्म सञ्चालनमा रोक लगाउने आदेश दिएको हो।
यससँगै नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म निष्क्रिय हुने सम्भावना बढेको छ।
सामाजिक जीवनमै लतझैँ भइसकेका यी प्लेटफर्महरू छिट्टै दर्ता प्रक्रियामा सहभागी भइ सूचीकृत हुन सके मात्र प्रयोगकर्ताले सहज पहुँच पाउनेछन्।

