News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

सरकारको निर्णय : फेसबुकलगायत २६ सामाजिक सञ्जाल बन्द

User Photo
बिहिबार, भदौ १९, २०८२
काठमाण्डौ ।

सरकारले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । यस क्रममा फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल आज (बिहीबार) देखि नै बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को अघिल्लो निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सो कदम चालिएको हो । मन्त्रालयका स्रोतका अनुसार, दर्ता प्रक्रियामा अघि बढेमा ती सामाजिक सञ्जाल क्रमशः खोलिनेछन् ।

यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल तथा ओभर द टप (ओटीटी) एप्समार्फत विज्ञापनसहित सामग्री प्रसारण गर्न नपाउने आदेश दिएको थियो । आवश्यक कानुन निर्माण गरी नियमन गर्न सरकारलाई परमादेशसमेत जारी गरिएको हो ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार आदेश जारी गरेको थियो । अदालतले नेपालभित्र प्रसारण हुने विदेशी डिजिटल सामग्रीका लागि सम्बन्धित संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

रिट निवेदनमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.