
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ४ सिमतोरीबाट एक महिला सम्पर्कविहीन भएकी छन्। अन्दाजी ३५,४० वर्षीया कल्पना ऐर भदौ २२ गतेदेखि घरबाट निस्किएपछि अहिलेसम्म परिवारबाट सम्पर्कविहिन भएकी छन्।
परिवारका सदस्यहरूले बताएअनुसार सो दिन घरबाट निस्केकी कल्पना लामो समयसम्म फर्केर नआएपछि चिन्ता व्यक्त गरिएको हो। आफन्त, छिमेकी र नजिकका सम्भावित स्थानहरूमा खोजी गर्दा पनि उनी फेला नपरेपछि घटनाबारे थप जटिलता बढेको बताइएको छ।
परिवारले छोरी हराएको घटनाले ठूलो मानसिक पीडा पुगेको भन्दै चाँडै भन्दा चाँडै खोजी कार्यलाई गति दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। स्थानीय बासिन्दाहरूले समेत यस घटनाप्रति गम्भीर चासो देखाउँदै सहयोगका लागि अपिल गरेका छन्।
हराएकी युवतीबारे कुनै पनि जानकारी हुने जो कोहीले तुरुन्तै ९८७२८४५३७४ वा ९८२७६८२१२८ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन परिवारले अनुरोध गरेको छ।
यसबीचमा, युवतीको खोजतलासमा सहयोग पुर्याउनका लागि प्रहरीले पनि घटनालाई प्राथमिकताका साथ अध्ययन गर्नुपर्ने परिवारको अपेक्षा छ। समाजका जिम्मेवार नागरिकहरूले समेत आफ्नो आसपासमा ध्यान दिएर घटनाबारे सुराकी दिनुपर्नेमा जोड दिइएको छ।

