धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु २ अर्ब २० करोड ७४ लाख ५९ हजार को बजेट सार्वजनिक गरेको छ। मंगलबार १७औँ नगरसभामा उपप्रमुख ऐन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन्।
बजेटको स्रोतमा आन्तरिक राजस्व रु ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकार अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकार अनुदान रु ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्ड रु २ करोड र मौज्दात रु ७ करोड रहने अनुमान गरिएको छ।
क्षेत्रगत विनियोजनमा
सहरी योजना तथा पूर्वाधार विकास : रु ६६ करोड ९४ लाख
शिक्षा, युवा तथा खेलकुद : रु ४६ करोड ८५ लाख
स्वास्थ्य : रु ६ करोड ९९ लाख ९५ हजार
सामाजिक विकास : रु ४ करोड ८६ लाख ४५ हजार
आर्थिक विकास : रु १ करोड २९ लाख
वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापन : रु २ करोड ७४ लाख ५० हजार
अन्य कार्यक्रम (कानुन, सार्वजनिक जग्गा संरक्षण, राजस्व परिचालन, नगर भिजन आदि) : रु ५ करोड ८३ लाख
धरानका २० वडाका लागि मात्र रु २१ करोड छुट्याइएको छ।
त्यस्तै, नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन रु १ अर्ब ३१ करोड ९२ लाख ८२ हजार, सशर्त अनुदान रु ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेट रु १ करोड ८२ लाख, विशेष अनुदान रु ५ करोड ४३ लाख विनियोजन भएको छ।
उपप्रमुख बेघाका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेटमा प्राथमिकता दिइएको छ।

