News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

अनेरास्ववियुद्वारा बालेन र सुदनविरुद्ध उजुरी, जेन–जी आन्दोलनमा घुसपैठ र हिंसाको आरोप

User Photo
बिहिबार, अशोज २३, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग:कञ्चनपुर ,नेकपा एमाले निकट अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध औपचारिक उजुरी दर्ता गरेको छ।

 

गत २४ भदौको जेन–जी आन्दोलनमा घुसपैठ गराई विद्यार्थीको हत्या, निजी तथा सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड र आगजनीसम्मको घटनामा संलग्न गराएको आरोपसहित उजुरी पेस गरिएको हो।

 

अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाका अनुसार, संगठनको केन्द्रीय निर्देशनअनुसार जिल्लाबाटै उजुरी दर्ता गरिएको हो। उनले भने,

 

“जेन–जी आन्दोलनलाई अस्थिरता फैलाउने माध्यम बनाउने काम बालेन र सुदनले गरेका हुन्। ती घटनाका मुख्य योजनाकार भएकाले कानुनअनुसार कडा कारबाही हुनुपर्छ।”

 

 

 

थापाले दाबी गरे अनुसार उजुरीमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७, १७८, २४४ र २८५(२)(क) बमोजिम कारबाही माग गरिएको छ।

 

संगठनले देशभरका इकाइहरूबाट पनि यस्तै उजुरी दर्ता गर्ने तयारी गरेको जानकारी दिनु भएकोे छ।

यससँगै, राजधानीको राजनीतिमा नयाँ तरंग पैदा भएको छ— किनकि यो पहिलो पटक हो जब कुनै विद्यार्थी संगठनले काठमाडौं महानगरका प्रमुख विरुद्ध औपचारिक कानुनी चुनौती दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.