News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

आफ्नै सन्तानकै हातबाट २८ वर्षीय युवकको हत्या

User Photo
शनिबार, अशोज २५, २०८२
काठमाण्डौ ।

कैलाली, घोडाघोडी “श्रीमतीसँग म भोलि इन्डिया जान्छु, आज रिचार्ज र मासु किन्छु” भन्दै घरबाट निस्केका २८ वर्षीय केशरसिं बुढा क्षेत्री कहिल्यै घर फर्किएनन्।

गएराति घोडाघोडी नगरपालिका क्षेत्रमा घटेको यस विभत्स घटनाले सम्पूर्ण स्थानीय क्षेत्र स्तब्ध बनेको छ। प्रारम्भिक विवरणअनुसार, केशरसिंको आफ्नै सन्तानकै हातबाट टाउको छुट्याएर हत्या गरिएको खुलेको छ।

घटनापछि मृतकको टाउको लिएर प्रहरीमा पुगेका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरूबाट प्रारम्भिक बयान लिइँदै छ र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ।

स्थानीयवासीहरूका अनुसार, मृतक केशरसिं सामान्य परिवारका मेहनती युवक थिए, जो रोजगारीका लागि भारत जाने तयारीमा थिए।
एक स्थानीयले भने, “हिजोसम्म हाँस्यौं, बोल्यौं, आज उनलाई यसरी देख्नुपर्ला भनेर कसैले कल्पना गरेको थिएन।”

प्रहरीले हत्या हुनुअघिका परिस्थितिहरू र पारिवारिक विवादको सम्भावित कारणबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।

घोडाघोडी नगरपालिका र आसपासका बस्तीहरूमा यस घटनापछि त्रास, स्तब्धता र पीडा फैलिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.