News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

कञ्चनपुरमा झण्डै २९ लाखका पटका सहित एक व्यक्ति पक्राउ

User Photo
आइतवार, अशोज २६, २०८२
काठमाण्डौ ।

 

कञ्चनपुर :तिहार नजिकिँदै गर्दा कञ्चनपुर प्रहरीले झण्डै २९ लाख रुपैयाँ मूल्य बराबरका अवैध पटका (विस्फोटक पदार्थ) बरामद गरेको छ। सो क्रममा भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल पक्राउ परेका छन्।

 

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पालको घरमा छापा मारेको थियो। छापामारका क्रममा २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिनु भएको छ ।

 

उनका अनुसार बरामद गरिएका ती पटका तिहारलाई लक्षित गरी बजारमा बिक्री वितरण गर्ने तयारीमा राखिएका थिए।“विस्फोटक पदार्थ ठूलो मात्रामा फेला परेको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।”डीएसपी बोहराले जानकारी दिनु भयो।

 

यसबीच प्रहरीले तिहार नजिकिँदै गर्दा अवैध पटका, आतसबाजी सामग्री र विस्फोटक पदार्थको रोकथामका लागि विशेष निगरानी अभियान सञ्चालन गरेको समेत जनाएको छ।

 

प्रहरीले सीमाक्षेत्र र बजार क्षेत्रमा निगरानी कडा बनाएको छ र यस्ता जोखिमपूर्ण वस्तु बिक्री गर्ने वा भण्डारण गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.