News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

व्यवसायी ज्ञानेन्द्र खड्काविरुद्ध प्रमाणबिहीन समाचार

User Photo
शुक्रबार, कार्तिक १५, २०८२
काठमाण्डौ ।

 

 

कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्काविरुद्ध प्रमाणबिहीन समाचार प्रकाशित गर्ने दर्ता नभएको अनलाइन मिडियाविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।

फरक प्रेस डटकम (farakpress.com) नामक अनलाइनले “डीआईजीसँग बिचौलिया चोरसँग सँगत” शीर्षकमा समाचार प्रकाशित गरेको भन्दै खड्काले प्रेस काउन्सिलमा औपचारिक उजुरी दर्ता गरेका थिए।

काउन्सिलले प्रारम्भिक अध्ययनपछि सो वेबसाइट प्रेस काउन्सिलमा दर्ता नभएको, साथै प्रकाशित सामग्री स्रोतविहीन, प्रमाणबिहीन र पत्रकार आचारसंहिताविपरीत रहेको ठहर गरेको हो।

काउन्सिलको पत्रमा उल्लेख छ —“दर्ता नभएको मिडियाबाट प्रकाशित प्रमाणबिहीन समाचारले नागरिकको सामाजिक मर्यादामाथि आघात पुर्‍याएको छ। त्यसका विरुद्ध कानूनी तथा आचारसंहितामूलक प्रक्रिया अघि बढाइनेछ।”

व्यवसायी ज्ञानेन्द्र खड्का लामो समयदेखि व्यापारसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि सक्रिय व्यक्ति हुन्। उनले विद्यालय, धार्मिक स्थल तथा विपन्न र विपद्को अवस्थामा परेका परिवारहरूलाई सहयोग गर्दै आएका छन्।

केही महिनाअघि खड्कालाई ‘प्रहरीसँग अभद्र व्यवहार’ गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि केही दिनमै उनी निर्दोष ठहर हुँदै मुक्त भएका थिए। तर सोही अवधिमा केही व्यक्तिहरूले उनलाई भारतबाट ल्याइएको सुनकाण्डसँग जोड्ने प्रयास गरेको थियो।

प्रेस काउन्सिलको निर्देशनपछि फरक प्रेस डटकमले सम्बन्धित समाचार हटाइसकेको जनाएको छ। तर खड्का भने उक्त घटनाले आफ्नो इमानदार छविमाथि आघात पुर्‍याएको भन्दै आक्रोशित बनेका छन्।

उनले भने — “म समाज र सहयोगमा विश्वास गर्ने मान्छे हुँ। झुटा र मनगढन्ते समाचारले मेरो इमानदार छवि बिगार्ने प्रयास भयो, तर सत्य र न्यायले अन्ततः जित्नेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.