News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले किन् बुझाए ! महाकाली प्रादेशिक अस्पताल ज्ञापनपत्र

User Photo
बिहिबार, कार्तिक २१, २०८२
काठमाण्डौ ।

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालमा देखिएका विभिन्न अनियमितता, सेवा प्रवाहमा कमजोरी र प्रशासनिक अव्यवस्थाको विषयलाई लिएर अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ।

 

पार्टीले अस्पतालमा बिरामीको उपचारदेखि औषधि सेवा, आपतकालीन कक्ष, अनकलबल सेवा, स्वास्थ्य सामग्री, लैब सेवा तथा कर्मचारी व्यवस्थापनमै गम्भीर समस्या देखिएको भन्दै तत्काल सुधारको माग गरेको छ। पार्टीले १२ बुँदे मागसमेत राख्दै समस्याको समाधान सात दिनभित्र पूर्णरूपमा नभए कडा जनआन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

 

ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख मागहरूमा लामो समयदेखि बन्द रहेको अनिस्थेसिया प्लान्ट तत्काल संचालनमा ल्याउन, औषधि आपूर्ति सुनिश्चित गर्न, कर्मचारीको मनोमानी अन्त्य गर्न, EHS मार्फत अत्यावश्यक सेवा सुचारु गर्न, सेवामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गर्न, नियमित अभाव देखिने सामग्री–औषधिको उपलब्धता सुनिश्चित गर्न, डाक्टरको अनकलबल सेवा प्रभावकारी बनाउने लगायतका बुँदाहरू छन्।

 

पार्टीका नेता डम्बर बिष्टद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा अस्पतालमा उत्पन्न समस्या नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले सुधारमा ढिलाइ नगर्न अस्पताल प्रशासनलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.