News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

महिला अधिकारका सवालमा समुदायमै चेतना विस्तार

User Photo
मङ्लबार, कार्तिक २६, २०८२
काठमाण्डौ ।

कैलाली : महिलाहरूका अधिकार र हकहितका सवालमा आवाज उठाउँदै, सामुदायिक सुरक्षा जालो कार्यक्रम महिलाहरूको सारथी बन्दै गएको छ। गौरीगंगा नगरपालिका–९, शंकरपुरमा सम्पन्न उक्त कार्यक्रम टेवा नेपाल, काठमाडौँ र सामुदायिक सुरक्षा जालोको आयोजनाम संयुक्त आयोजनामा सम्पन्न भएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका–११ का वडा अध्यक्ष साहेब लाल चौधरी, विशिष्ट अतिथि महिला शाखा प्रमुख भावना जोशी, र टेवा नेपालकी कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न राजनीतिक दलका पदाधिकारी, महिला अगुवा, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

 

सार्वजनिक छलफलका क्रममा वक्ताहरुले सामुदायिक सुरक्षा जालोले स्थानीय तहमा रहेका पीडित महिलाहरूका लागि सहयोगी माध्यमको रूपमा काम गरिरहेको बताएका थिए। उनीहरूले महिलाहरूका हक र अधिकारका मुद्दालाई सशक्त रूपमा अघि बढाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

 

महिला शाखा प्रमुख भावना जोशीले महिलाका हक र अधिकार सुनिश्चित गर्न स्थानीय सरकार निरन्तर प्रयत्नशील रहेको बताउँदै, आगामी दिनमा महिला नेतृत्वको प्रतिनिधित्व अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।

 

त्यस्तै टेवा नेपालकी सरस्वती श्रेष्ठले सामुदायिक सुरक्षा जालो कार्यक्रमले स्थानीय तहमा लैंगिक समानता र न्याय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै, यसले नागरिक र निकायबीच विश्वासको वातावरण निर्माण गरेको बताउनुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष साहेब लाल चौधरीले समाजमा लैंगिक हिंसा, भेदभाव र अन्यायका घटनाहरू अन्त्य गर्न प्रहरी, नागरिक र संघसंस्थाबीचको सहकार्य अत्यावश्यक रहेको बताउनुभयो। उहाँले महिलाको राजनीतिक सहभागिता आगामी निर्वाचनमा सुनिश्चित गर्न सबैलाई सक्रिय हुन आह्वान गर्नुभयो।

 

छलफलका सहभागीहरूले आगामी निर्वाचनमा महिला नेतृत्वको प्रभावकारी सहभागिता, हक र अधिकारका सवालमा महिला सशक्तीकरण, तथा समाजमा विद्यमान लैंगिक असमानता न्यूनीकरणका उपायहरूबारे सुझाव पनि प्रस्तुत गरेका थिए।

 

कार्यक्रममा करिब ५५ जना महिला सहभागी रहेका थिए। सहभागीहरूले कार्यक्रमले समुदायमा चेतना र सहकार्यको वातावरण सिर्जना गर्न सहयोग पुगेको अनुभूति व्यक्त गरेका थिए।

 

कार्यक्रमको सभाध्यक्षता सामुदायिक सुरक्षा जालो कैलालीकी याम माया ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण टेवा नेपालका प्रतिनिधिले गर्नुभएको थियो।

 

सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण कार्यक्रमले स्थानीय समुदायमा महिला अधिकार र नेतृत्व सशक्तीकरणको नयाँ ऊर्जा थपेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.