
लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट डीएसपी रणबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त टोलीले अत्तरियास्थित स्वस्तिक रेस्टुरेन्ट बाट ७.५ केजी चरेस बरामद गरेको हो।
प्रहरीका अनुसार अपरेसनका क्रममा रेस्टुरेन्ट भित्र विशेष सूचनाका आधारमा गरिएको चेकजाँचबाट उक्त परिमाणको चरेस फेला परेको हो। घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा लागुऔषध कारोबार बढेपछि निगरानी थप कडा बनाइएको पनि जनाएको छ।
