बेदकोट नगरपालिका–४, बैतडामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। बैतडाका हिक्मत बहादुर चन्दको शव बैतडा सामुदायिक वनभित्र ढलेको सालको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराले जानकारी दिए।
उनीका अनुसार घटनास्थलबाट शव उठाएर पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकोे वोहराले जानकारी दिनु भएको छ।

