News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

नेपाल एसबीआई बैंक, शिवनाथ शाखाद्वारा श्रीपुर माध्यमिक विद्यालयलाई टिभी हस्तान्तरण

User Photo
बुधबार, मंसिर २५, २०८२
काठमाण्डौ ।

 

महेन्द्रनगर । नेपाल एसबीआई बैंक लिमिटेड, शिवनाथ शाखा बैतडीले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत श्रीपुर माध्यमिक विद्यालय, बछलालाई ४३ इञ्चको टेलिभिजन हस्तान्तरण गरेको छ।

टिभी विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवान सिंह साउद तथा नी. प्रधानाध्यापक नमिता जोत सिंह पाललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो। बैंकका तर्फबाट शाखा प्रमुख मनिस भट्टराई, अफिसिएटिङ बीएम सुरज भट्ट, अपरेसन इन्चार्ज राम नाथ र कृतिनिधि बडूलगायतको उपस्थिति थियो।

विद्यालयमा श्रव्य–दृश्य माध्यममार्फत शिक्षण–अधिगम प्रक्रिया प्रभावकारी बनाउन सहयोग गरिएको बैंकले जनाएको छ। कार्यक्रममा अफिसिएटिङ बीएम सुरज भट्टले विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी समेत प्रदान गरेका थिए।

नेपाल एसबीआई बैंकले बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.