News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

अनलाइन टिभी पत्रकार संघ कञ्चनपुरको प्रथम अधिवेशन सम्पन्न

काठमाण्डौ ।

अनलाइन टिभी पत्रकार संघ, कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन  शनिबार सम्पन्न भएको छ। अधिवेशनबाट संघको पहिलो अध्यक्षमा प्रकाश भट्ट निर्वाचित हुनुभएको छ। अधिवेशनले अध्यक्ष भट्टको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत चयन गरेको हो।
बेलौरी नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर एसके, सचिवमा सन्तोष धानुक, सह–सचिवमा दिनेश चौधरी, कोषाध्यक्षमा सरिता चौधरी तथा सदस्यहरूमा केशब भट्टराई, रुपेश विक, पवन जोशी र महेन्द्र सिंह भाट चयन हुनुभएको छ।

अध्यक्ष र सचिव पद बाहेक अन्य पदहरूमा सहमतिबाट नेतृत्व चयन गरिएको थियो। अध्यक्ष र सचिव पदमा एकभन्दा बढी उम्मेदवार परेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो। निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश भट्टले १७ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिस्पर्धी सुरज श्रेष्ठले ७ मत प्राप्त गर्नुभयो। यस्तै सचिव पदमा सन्तोष धानुकले १७ मत प्राप्त गरी विजयी हुँदा केशब भट्टले ७ मत प्राप्त गर्नुभएको थियो।

तदर्थ समितिका संयोजक प्रकाश भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि दिवान सिंह बिष्ट रहनुभएको थियो। उहाँले पत्रकारिता मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै केही पत्रकारहरू आपराधिक गतिविधिसँग जोडिने गरेको विषय गम्भीर रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि पोतिलाल चौधरीले अधिवेशनले सही नेतृत्व चयन गर्दै पत्रकारितालाई अझ जिम्मेवार र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख जोगराम चौधरीले पत्रकारले उठाएका सवाल र आवाजलाई निरन्तर रूपमा उठाइराख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

यस्तै वडा नं. ४ का अध्यक्ष अर्जुन ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भने अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष भक्तराज जोशीले अनलाइन पत्रकारिताको प्रभाव बढ्दै गएको भए पनि अझै पूर्ण रूपमा आम विश्वास जित्न बाँकी रहेको बताउनुभयो। सबैको सहकार्य र समर्थनले अनलाइन पत्रकारितालाई अझ मर्यादित र प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो।
अधिवेशनमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य अर्जुन सिंह, प्रदेश परिषद् सदस्यहरू तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.