News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

संघर्ष, सेवा र सिद्धान्तको राजनीतिमा चाँदनी ऐरको दाबी

काठमाण्डौ ।

विरेन्द्र बाग: पौष ८,कञ्चनपुर , सामाजिक सेवा, साहित्य र सिद्धान्तमा आधारित राजनीतिक यात्राबाट उदाएकी चाँदनी ऐर ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक सक्रियता तीव्र बनाएकी छन्। सुदूरपश्चिम प्रदेशबाट संघीय समानुपातिकतर्फ उम्मेदवारी दिँदै उनले महिला, सामाजिक न्याय, सुशासन र आम नागरिकका मुद्दालाई सदनसम्म पुर्‍याउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, महेन्द्रनगरमा जन्मेकी ऐरको राजनीतिक यात्रा सहज थिएन। सानै उमेरमा बुवाको निधनपछि जीवनका कठोर यथार्थसँग जुध्दै हुर्किएकी उनले साहित्यलाई चेतनाको माध्यम बनाइन्। कविता र गजल लेखनमार्फत सामाजिक यथार्थ उजागर गर्दै वि.सं. २०६७ फागुनमा “अधुरो सपना” कृति प्रकाशन गरेकी थिइन्।

साहित्यमा सीमित नरही उनी प्रत्यक्ष सामाजिक सेवामा होमिइन्। स्वयंसेवकका रूपमा करिब पाँच वर्ष सरसफाइ अभियानदेखि भ्रष्टाचार न्यूनीकरण अभियानसम्म सक्रिय रहिन्। बाढीपीडित, गरिब तथा विपन्न समुदायका लागि न्यानो लुगा, खाद्यान्न, शैक्षिक सामग्री तथा आर्थिक सहयोग जुटाउँदै देशका विभिन्न भू–भागमा निरन्तर सेवा गर्दै आइन्।

उनी Transformative Society of Nepal की संस्थापकसमेत हुन्। उक्त संस्थामार्फत उनले महिला अलपत्र उद्धार, बालअधिकार संरक्षण, सामाजिक न्याय र मानवीय सेवामा करिब ७–८ वर्ष सक्रिय भूमिका निर्वाह गरिन्। सामाजिक सेवाको क्रममा नै दिगो परिवर्तनका लागि नीति र शासन प्रणालीमै इमानदार हस्तक्षेप आवश्यक रहेको निष्कर्षमा पुगेको उनी बताउँछिन्।

यही बुझाइका आधारमा ऐर राष्ट्रिय स्वतन्त्र पार्टी सँग आबद्ध भइन्। पार्टीको सुदूरपश्चिम प्रदेशको पहिलो भेलादेखि नै संगठन विस्तार र जनसम्पर्कमा सक्रिय रहँदै आएकी उनले वि.सं. २०७९ को निर्वाचनमा संघीय समानुपातिक उम्मेदवारका रूपमा सहभागिता जनाएकी थिइन्। यद्यपि सांसद बन्ने अवसर नपाए पनि उनको राजनीतिक प्रतिबद्धता कमजोर नभएको उनी बताउँछिन्।

“अब सेवा मात्र पर्याप्त छैन, नीति नै परिवर्तन हुनुपर्छ,” ऐरले भनिन्, “महिला, सीमान्तकृत समुदाय र आम नागरिकका मुद्दा सडकदेखि सदनसम्म पुर्‍याउन म प्रतिबद्ध छु।”

हाल उनी सुदूरपश्चिमबाट निडर, साहसी र वैचारिक महिलाको प्रतिनिधित्व गर्दै चुनावी अभियानमा सक्रिय छिन्। इमानदारी, साहस र निरन्तरताले राजनीति शुद्ध बनाउन सकिने उनको विश्वास छ। ऐरले भविष्यमा आफ्ना संघर्ष, अनुभव र यात्रालाई पुस्तकका रूपमा उतारेर नयाँ पुस्तालाई प्रेरणा दिने लक्ष्यसमेत लिएकी छन्।

चाँदनी ऐर आज आफूलाई पदको आकांक्षी होइन, परिवर्तनको जिम्मेवारी बोकेको राजनीतिक प्रतिनिधिका रूपमा प्रस्तुत गरिरहेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.