News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

दुई वर्षदेखि गणित शिक्षकविहीन गोकुलेश्वर क्याम्पस, विज्ञान संकायका विद्यार्थी आन्दोलित

काठमाण्डौ ।

 

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वरमा विज्ञान संकायअन्तर्गत गणित विषयको पठनपाठन दुई वर्षदेखि प्रभावित भएको छ। क्याम्पसमा कार्यरत गणित विषयका शिक्षक मदन बहादुर चन्द को काज सरुवा भएको लामो समय बितिसक्दा पनि काज फिर्ता नभएको तथा वैकल्पिक शिक्षकको व्यवस्था नहुँदा समस्या गम्भीर बन्दै गएको हो।

विज्ञान संकायमा निरन्तर दुई वर्षदेखि गणित शिक्षक नहुँदा नियमित कक्षा सञ्चालन हुन नसकेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। आइतबार उक्त संकायमा अध्ययनरत विद्यार्थीहरूले शिक्षक चन्दको काज तत्काल फिर्ता गराई नियमित पठनपाठनको व्यवस्था मिलाउन माग गर्दै क्याम्पस प्रशासनमा ज्ञापनपत्र बुझाएका छन्।

क्याम्पस प्रमुखमार्फत केन्द्रीय कार्यालयलाई पठाइएको पत्रअनुसार शिक्षक चन्दलाई सुदूरपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डिनको कार्यालय मा काजमा खटाइएको थियो। तर क्याम्पसमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या देखिएपछि पटक–पटक काज फिर्ताका लागि अनुरोध गरिए पनि आवश्यक पहल हुन नसकेको उल्लेख छ।

विज्ञान संकायकी विद्यार्थी अमिशा बोहरा ले गणित शिक्षकको अभावका कारण नियमित पठनपाठन प्रभावित भएको बताउनुभयो। “लामो समयदेखि समस्या समाधानको माग गर्दा पनि सुनुवाइ नभएकाले पढाइमा गम्भीर समस्या भइरहेको छ,” उहाँले भन्नुभयो। विद्यार्थीहरूले विगत दुई वर्षदेखि पाठ्यक्रम समयमै पूरा हुन नसक्दा परीक्षा तयारीसमेत प्रभावित भएको गुनासो गरेका छन्।

यस्तै, सहायक क्याम्पस प्रमुख कविराज जोशी ले विद्यार्थी र क्याम्पस प्रशासन दुवैले शिक्षक चन्दको काज फिर्ता गराई क्याम्पसमा नियमित पठनपाठनको व्यवस्था मिलाउन विश्वविद्यालय प्रशासनसँग आग्रह गरिएको जानकारी दिनुभयो। समस्या तत्काल समाधान नभए शैक्षिक गतिविधि थप प्रभावित हुने चेतावनीसमेत क्याम्पस प्रशासनले दिएको छ।

विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले चाँडो निर्णय नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने संकेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.