News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

युवा समाजसेवी करन साउद प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस

User Photo
बिहिबार, पुस १०, २०८२
काठमाण्डौ ।

कैलाली । बिगत लामो समयदेखि पार्टीगत तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै समाजसेवामा समर्पित युवा करन साउद आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कैलाली जिल्ला क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा सिफारिस हुनुभएको छ।

साउद राजनीति पेशा नभई समाजसेवाको माध्यम हो भन्ने मान्यतासहित निरन्तर जनसेवामा सक्रिय रहँदै आउनु भएको छ। उहाँ समाजका हरेक आवश्यकता र समस्यामा अगाडि आएर सेवा गर्दै हिँड्ने असल, कर्मशील र लोकप्रिय युवा पात्रका रूपमा परिचित हुनुहुन्छ। “राजनीति मेरो समाजसेवा हो,” भन्ने स्पष्ट धारणा राख्दै उहाँले राजनीति पैसाका लागि होइन, समाज परिवर्तनका लागि हुनुपर्छ भन्ने सन्देश दिंदै आउनु भएको छ।

राजनीतिलाई केहीले पैसा कमाउने माध्यम बनाइरहेको आरोप लागिरहेका बेला साउदले भने त्यसप्रति असहमति जनाउँदै राजनीतिलाई सेवाभावबाट हेर्नुपर्ने बताउनु हुन्छ। उहाँ बिगत ७–८ वर्षदेखि शिक्षक पेशामा आबद्ध रहँदै समाजसेवाकै भावनाबाट राजनीतिमा सक्रिय रहनुभएको बताउनु हुन्छ।
क्षेत्र नं. ४ बाट टिकट पाएमा आफूले चुनाव जित्ने दाबी गर्दै साउदले आजको आवश्यकता युवा नेतृत्व भएको र देश परिवर्तनको मुख्य आधार पनि युवाशक्ति नै भएको बताउनुभयो। उहाँको उम्मेदवारी सिफारिससँगै स्थानीय राजनीतिक वृत्तमा उत्साह र चासो बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.