News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

कञ्चनपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवारमा खेम भण्डारी सिफारिस: पत्रकारिताबाट राजनीतिमा भरोसायोग्य विकल्पको उदय

User Photo
बुधबार, पुस १६, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: पौष १६ , नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर क्षत्र नं ३ मा खेम भण्डारी उम्मेदवारका रूपमा सिफारिस भएका छन्। पत्रकारिताबाट सार्वजनिक जीवनमा स्थापित भण्डारीलाई कञ्चनपुर मात्र होइन, समग्र सुदूरपश्चिमकै एक भरोसायोग्य, सम्मानित र जनउत्तरदायी व्यक्तित्वका रूपमा हेरिन्छ।

 

पेशाले पत्रकार रहेका भण्डारी मानसखण्ड अनलाइन डट कम र महाकाली रेडियोका सञ्चालकसमेत हुन्। सत्य, निष्पक्षता र निर्भीकतामा आधारित पत्रकारितामार्फत उनले वर्षौँदेखि जनताको आवाज बुलन्द गर्दै आएका छन्। शक्तिको नजिक होइन, सधैं सत्यको पक्षमा उभिने उनको स्पष्ट पहिचानले उनलाई आम नागरिकबीच विश्वासको प्रतीक बनाएको छ।

बिकृति, भ्रष्टाचार र अनियमितताविरुद्ध निरन्तर खरो रूपमा बोल्दै आएका भण्डारीको सार्वजनिक छवि स्वच्छ, इमानदार र जवाफदेही व्यक्तिका रूपमा स्थापित छ। व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई केन्द्रमा राख्ने उनको आचरण र सोचले राजनीतिमा नयाँ संस्कार, नयाँ आशा र वैकल्पिक नेतृत्वको संकेत गरेको विश्लेषण हुन थालेको छ।

 

कञ्चनपुर–३ निवर्तमान गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रसमेत भएकाले खेम भण्डारीको सम्भावित उम्मेदवारीलाई अझ अर्थपूर्ण र चासोपूर्ण रूपमा हेरिएको छ। अनुभवी, जनउत्तरदायी र स्पष्ट दृष्टिकोण बोकेका भण्डारी चुनावी मैदानमा उत्रिएमा कञ्चनपुरको राजनीतिक बहस मात्र होइन, समग्र निर्वाचन समीकरणमै सकारात्मक परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ।

 

समग्रमा, पत्रकारितामार्फत समाज रूपान्तरणको अभ्यास गरिरहेका खेम भण्डारीको राजनीतिमा सक्रिय उपस्थितिले आउँदो निर्वाचनमा कञ्चनपुर–३ का मतदातालाई नयाँ विश्वास, नयाँ विकल्प र भविष्यप्रतिको आशा दिने विश्वास सामाजिक सञ्जालमा समेत व्यापक रूपमा व्यक्त हुन थालेको छ।

 

प्रतिनिधि सभाका लागि कंचनपुर-३ बाट टिकेट पाउने सम्भावना देखिएको , आफ्नो औकातको परीक्षा हुने र जीवनभरको संघर्षको मूल्यांकन, तमाम कमजोरीका बावजुद पनि आफ्नै घरमा माया हुने ढुक्क हुन भनी फेसबुकमा स्टाटस समेत लेखेका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.