News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

ALFAN–लुम्बिनी प्रदेशमा १९ सदस्यीय तदर्थ समिति गठन: आल्मुनियम व्यवसाय सुदृढीकरणका लागि रुपन्देहीमा विशेष भेला सम्पन्न

काठमाण्डौ ।

रुपन्देही : पौष १९ शनिबार । आल्मुनियम व्यवसायलाई संगठित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित आल्मुनियम व्यवसायी संघ नेपाल (ALFAN) को लुम्बिनी प्रदेश संघ गठनतर्फ महत्वपूर्ण कदम चालिएको छ। यसैक्रममा आज रुपन्देहीस्थित होटल पौवा (जैकुटी) मा सम्पन्न विशेष भेलाबाट १९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

प्रदेशभरका आल्मुनियम व्यवसायीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भेलाले अग्रज आल्मुनियम व्यवसायी हरी कंडेल ज्यूको संरक्षकत्वमा तदर्थ समिति गठन गरेको हो। भेलाबाट अनिल खत्री संयोजक, तीर्थराज पोखरेल सह–संयोजक तथा राजेन्द्र बस्याल सचिव चयन हुनुभएको छ।

नवगठित तदर्थ समितिले लुम्बिनी प्रदेशका आल्मुनियम व्यवसायीहरूलाई एउटै छातामुनि संगठित गर्दै पेशागत हकहितको संरक्षण, व्यवसायिक मर्यादा कायम, तथा संघीय संरचनाअनुसार संगठन विस्तार गर्ने उद्देश्य लिएको जनाएको छ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तेजबहादुर राई प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। उहाँले व्यवसायीहरू संगठित नहुँदा बजार व्यवस्थापन, गुणस्तर नियन्त्रण र व्यवसायिक समस्या समाधानमा गम्भीर कठिनाइ आउने उल्लेख गर्नुभयो। अध्यक्ष राईले ALFAN ले देशभर आल्मुनियम व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउने दिशामा निरन्तर पहल गरिरहेको बताउँदै लुम्बिनी प्रदेशमा तदर्थ समिति गठन हुनु संघ विस्तारको महत्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो।

भेलामा संघका केन्द्रीय महासचिव होमप्रसाद डॉगी सहित अन्य केन्द्रीय पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। उनीहरूले संघको उद्देश्य, आगामी कार्ययोजना, सदस्यता विस्तार, व्यवसायिक तालिम, गुणस्तर मापदण्ड र सरकारी निकायसँग सहकार्यका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा बुटवल तथा आसपासका आल्मुनियम व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री आपूर्तिकर्ता (सप्लायर्स) तथा फ्याब्रिकेटरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी व्यवसायीहरूले कच्चा पदार्थको मूल्य अस्थिरता, दक्ष जनशक्तिको अभाव, बजारमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा र नीतिगत अस्पष्टता जस्ता समस्यामा संघले अझ सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका थिए।

नवगठित तदर्थ समितिले छिट्टै प्रदेशस्तरीय संगठन संरचना विस्तार, सदस्यता वितरण, नियमावली निर्माण तथा अधिवेशनको तयारी अघि बढाउने जनाएको छ। भेलाले लुम्बिनी प्रदेशमा आल्मुनियम व्यवसायलाई संगठित, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै समग्र औद्योगिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.