News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

कञ्चनपुर–३ मा एमालेको भरोसा : डा. दीपक प्रकाश भट्ट सर्वसम्मत सिफारिस

काठमाण्डौ ।

विरेन्द्र बाग:  कंचनपुर, पौष २१ / नेकपा (एमाले) कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डा. दीपक प्रकाश भट्ट सर्वसम्मत रूपमा सिफारिस हुनु भएको छ।


स्थिर नेतृत्व र अनुभवी राजनीतिको प्रतीकका रूपमा चिनिँदै आएका डा. भट्ट यसअघि पनि २०७४ सालको ऐतिहासिक नेकपा गठबन्धनकालीन निर्वाचनमा जनताको स्पष्ट मतसहित निर्वाचित भइसकेका नेता हुन्।

अनुभव, निरन्तरता र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण पार्टीभित्र मात्र होइन, क्षेत्रका मतदातामाझ पनि उहाँको नाम स्वाभाविक र भरोसायोग्य विकल्पका रूपमा अघि आएको एमालेको बुझाइ छ।

यस सिफारिससँगै कञ्चनपुर–३ मा एमालेले पुनः एकपटक अनुभवले परिपक्व नेतृत्वलाई चुनावी मैदानमा उतार्दै स्थिरता र विकासको सन्देश दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.