News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

प्रधानमन्त्रीद्वारा कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ताको राजीनामा माग

काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरु कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा माग्नुभएको छ।

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो। मन्त्रीहरू राजनीतिक दलमा सहभागी भएपछि सरकारको विश्वसनियतामाथि प्रश्न उठेको कारण देखाउँदै प्रधानमन्त्रीले तीन मन्त्रीसँग राजीनामा माग्नुभएको बैठकमा सहभागी एक मन्त्रीले कान्तिपुर समाचारलाई जानकारी दिएका हुन्।

 

मन्त्रिपरिषद् बैठक सकिएपछि ती मन्त्रीसँग प्रधानमन्त्रीले अलग्गै भेटेर पनि आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको एक मन्त्रीले बताए। नागरिक सरकारका रूपमा रहेको वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने लक्ष्य लिएकोमा मन्त्रीहरू दलमै आबद्ध भएर निर्वाचनमा सहभागी हुने अवस्था उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले ती मन्त्रीहरूलाई पद त्याग गरेर सहज बनाइदिन आग्रह गर्नुभएको हो।

 

‘मानिसहरूले रास्वपाको सरकार भन्न थालिसके। सरकार र आउँदो निर्वाचनका लागि यो राम्रो कुरा हुँदैन। तपाईँहरूले सहयोग गर्नुपर्‍यो।’ प्रधानमन्त्रीलाई उद्दृत गर्दै ती मन्त्रीले भने। उर्जा, जलस्रोत एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको अगुवाइमा रहेको दल उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतामा गएपछि मन्त्री घिसिङ सो दलको उपसभापति हुनुभएको छ।

 

खेलकुद मन्त्री बब्लु गुप्ता भने रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भएको वार्तामा सहभागी हुनुहुन्थ्यो। सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री जगदीश खरेलले रास्वपा र बालेन्द्र शाहबीचको एकतापछि त्यसको स्वागतमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि उहाँलाई पनि रास्वपा समर्थकका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.