News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

कञ्चनपुर–२ मा रास्वपाको घण्टी: दीपक बोहरा एकल सिफारिस

काठमाण्डौ ।

विरेन्द्र बाग: कञ्चनपुर , २३ पौष  / फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा संस्थापक दीपक बोहरा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार हुने भएका छन्।

बोहराले सामाजिक सञ्जालमार्फत आफ्नो नाम एकल सिफारिस भएको जानकारी गराएका हुन्। रास्वपा कञ्चनपुर क्षेत्र नम्बर–२ को क्षेत्रीय कमिटीले बोहरालाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
रास्वपाका क्षेत्रीय संयोजक गणेश खड्काका अनुसार शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगर समितिसहित ती नगरका सबै वडाका प्रतिनिधि तथा अन्य आकांक्षी उम्मेदवारको संयुक्त बैठकले बोहराको नाम एकल रूपमा सिफारिस गरेको हो।
बोहराको उम्मेदवारीका लागि झंकर जोशी र घनश्याम विष्ट प्रस्तावक तथा समर्थक रहेका छन्। जोशी यसअघि कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिसकेका नेता हुन् भने विष्ट यसपटक उम्मेदवारीका आकांक्षी थिए।

सिफारिसपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बोहराले सिफारिस गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्,
“कञ्चनपुर क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नुभएकोमा आभारी छु। पार्टी पंक्तिले गरेको यो विश्वासलाई धरमराउन दिने छैन। अन्य आकांक्षी घण्टी मित्रहरूको त्यागको उच्च सम्मान गर्दै उहाँहरूको न्यायको पक्षमा सधैँ उभिनेछु।”
यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि भएको प्रतिशोधको विरोधमा बोहराकै नेतृत्वमा कञ्चनपुरमा हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको थियो।

कञ्चनपुर–२ मा भएको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद विजयी भएका थिए। साउदले २८ हजार १०० मत प्राप्त गर्दा नेकपा एमालेका नरबहादुर धामी २१ हजार ६४५ मतसहित दोस्रो स्थानमा सीमित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.