सञ्जु महर:दार्चुला पौष २३ देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर फैलिँदै गएको अवस्थामा दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा वडा कार्यसमिति गठन गरिएको छ।
बुधवार आयोजित वडा भेलाबाट स्थानीय युवा नरेश चन्द सर्वसम्मत रूपमा वडा सभापतिमा चयन भएका छन्। नवगठित कार्यसमितिले पार्टीको संगठन विस्तार, सुशासन र स्थानीय विकासका मुद्दामा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले रास्वपाले उठाउँदै आएको वैकल्पिक राजनीति र जनमुखी एजेन्डाले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका थिए।
सभापति चन्दले पार्टीप्रति देखाइएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै वडा स्तरबाट जनताको आवाज बुलन्द बनाउने प्रतिबद्धता जनाएका छन्।
