News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

घाइतेलाई निःशुल्क MBBS: शिक्षा मन्त्रालयको निर्णयमाथि ‘नियम मिचिएको’ 

User Photo
आइतवार, चैत्र २९, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: शिक्षा मन्त्रालयले Gen-Z आन्दोलनका घाइतेलाई निःशुल्क MBBS अध्ययनको अवसर दिने निर्णय ऐन नियम विपरीत नभएको दावी गरेको छ । मन्त्रालयका अनुसार यो निर्णय मानवीय संवेदनालाई मध्यनजर गर्दै गरिएको हो र यसले विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन नगरेको स्पष्ट पारेको छ।

तर, चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार MBBS अध्ययनका लागि छात्रवृत्ति Merit तथा निर्धारित कानुनी मापदण्डका आधारमा वितरण हुने प्रावधान रहेको छ। यसैबीच, चालु शैक्षिक सत्रका लागि MBBS सिटमा विद्यार्थी छनोट प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा थप कोटा उपलब्ध गराइएको भन्दै सरोकारवालाहरूले विरोध जनाएका छन्।

विरोध गर्ने पक्षले नियम विपरीत विशेष कोटा सिर्जना गरिनु शिक्षा प्रणालीमा असमानता निम्त्याउने भन्दै आपत्ति जनाएका छन्। उनीहरूले पारदर्शिता र समान अवसरको सिद्धान्त विपरीत हुने निर्णय सच्याउन माग गरेका छन्।

यस विषयमा शिक्षा मन्त्रालय र सम्बन्धित निकायबीच थप छलफल तथा स्पष्टता आवश्यक देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.