विरेन्द्र बाग:काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा बैठकको रोष्ट्रमबाट सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै, “३५ वर्ष लुटेको सरकारकै शैलीमा अहिलेको सरकार पनि चलिरहेको छ” भन्दै तीव्र आलोचना गरे।
शाहीले राज्य सञ्चालन पारदर्शी र जवाफदेही हुनुपर्ने भए पनि व्यवहारमा पुरानै राजनीतिक प्रवृत्ति दोहोरिएको आरोप लगाए। उनले जनताको अपेक्षा विपरीत सरकार अघि बढिरहेको भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायित्वमा प्रश्न उठाए।
सांसद शाहीले संसदभित्रै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षलाई आत्मसमीक्षा गर्न आग्रहसमेत गरे। उनको अभिव्यक्तिपछि संसदमा केहीबेर बहस र होहल्ला भएको बताइएको छ।
यसअघि पनि शाहीले सरकारको नीति तथा व्यवहारप्रति विभिन्न चरणमा कडा टिप्पणी गर्दै आएका छन्।
काठमाण्डौ ।

