News7 TV
शुक्रबार, अशोज २, २०८३ | September 18, 2026 |

भीमदत्त–१८ वडा कार्यालयद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख सहयोग

बुधबार, भदौ १७, २०८३
काठमाण्डौ ।

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ को वडा कार्यालयले रसुवाको भोटेकोशी, धादिङ र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाका अनुसार वडाको वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गतको विपद् व्यवस्थापन शीर्षकबाट खर्च हुने गरी उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।
बैठकले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ। साथै, बाढीमा बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
वडा कार्यालयले विपद्का कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको जनाएको छ।
बैठकमा वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, कार्यपालिका सदस्य तथा वडा सदस्य सीता देवी भण्डारी, वडा सदस्यहरू पदम बहादुर चन्द र हेम बहादुर बस्नेत तथा वडा सचिव दिनेश राज भट्टको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.