News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल

User Photo
आइतवार, बैशाख २१, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग:काठमाडौं, २१वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ।

 

दुई शीर्ष नेताबीचको भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाहरू, द्वन्द्वकालीन घटनाहरूको सत्य निरूपण तथा मेलमिलाप आयोगको पुनर्गठन, साथै वर्तमान राजनीतिक परिस्थिति र समसामयिक राष्ट्रिय विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

 

बैठकमा दुवै नेताले द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको बताइएको छ। साथै, संविधान कार्यान्वयन, आगामी निर्वाचन, र दलहरूबीचको सहकार्यको अवस्थाबारे समेत कुराकानी भएको थियो।

 

स्रोतका अनुसार, छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र निकट भविष्यमा पुनः भेटवार्ता गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.