विरेन्द्र बाग: काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थी शक्तिहरूबीचको विभाजनले उपलब्धि जोखिममा पर्ने चेतावनी दिँदै तत्काल एकताको आह्वान गरेका छन्। उनले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि समान धारका शक्तिहरूबीच बलियो मोर्चा अपरिहार्य भएको बताउनु भयो।
विश्व राजनीतिक परिवेशमा साम्राज्यवादी दबाब बढ्दो रहेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनता र जनअधिकार जोगाउन वाम शक्तिहरू एकढिक्का हुनुपर्नेमा जोड दिए। विभेद, अन्याय र शोषणको अन्त्य गर्दै समाजवादतर्फको यात्रा अब ढिलाइ गर्न नहुने प्रचण्डको भनाइ थियो।
प्रचण्डले विगतका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले श्रमजीवी वर्गको पक्षमा संघर्षलाई अझ सशक्त बनाउँदै एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण वाम शक्तिलाई आह्वान गरेका छन्।

