News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

काठमाडौं उपत्यकामा दैनिक ३४ करोड लिटर पानी ल्याउने कार्य अघि बढाइएको छ : प्रधानमन्त्री   

User Photo
आइतवार, फाल्गुन ४, २०८१
काठमाण्डौ ।

 

 

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा थप खानेपानीको माग भइरहेको बताएका छन्। प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले उपत्यकामा दैनिक ३४ करोड लिटर पानी ल्याउन कार्य अघि बढाइएको जानकारी गराएका हुन्।

 

 

ओलीले काठमाडौं उपत्यकामा थप दैनिक १३ करोड लिटर खानेपानी उपलब्ध गराउन सिस्नेरी खानेपानी आयोजनाको विस्तृत अध्ययन कार्य अगाडि बढाइएको जानकारी गराए। ‘काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर खानेपानी वितरण भइरहेको छ। हाल चक्रपथभित्र मेलम्चीको खानेपानी वितरण भइरहेको छ भने चक्रपथ बाहिर उपत्यकाभित्रका अन्य स्रोतहरूबाट खानेपानी वितरण भइरहेको छ।’ ओलीले भने, ‘बढ्दो शहरीकरणसँगै काठमाडौं उपत्यकामा थप खानेपानीको माग भैरहेको अवस्थामा थप पानी आपूर्तिको लागि याङ्ग्री-लार्के खोलाबाट दैनिक ३४ करोड लिटर पानी ल्याउने विषयमा कार्य अघि बढाइएको छ।’

 

उनले काठमाडौं उपत्यकामा थप दैनिक १३ करोड लिटर खानेपानी उपलब्ध गराउन सिस्नेरी खानेपानी आयोजनाको विस्तृत अध्ययन कार्य अगाडि बढाइएको पनि जानकारी दिए।

 

 

खानेपानीको थप स्रोतको वृद्धि गर्न याङ्ग्री र लार्के नदीबाट समेत प्राप्त हुने थप खानेपानीलाई सुन्दरीजलमा दैनिक २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र र उपत्यकामा थप खानेपानी वितरण सञ्जालको निर्माण गरिने उनको भनाई छ। ओलीले भने, ‘चक्रपथ बाहिरका क्षेत्रहरूमा पनि खानेपानी वितरण लाइन सुधारका कार्य अगाडि बढाइएको छ। ललितपुर महानगरपालिका वडा न. ७, ८, ९, १४, १५ र १७ नखिपोट, खुमलटार तथा ग्वार्को क्षेत्र र महालक्ष्मी नगरपालिका वडा न. १, २, ३, ४ र ५ इमाडोलमा खानेपानी वितरण संजाल निर्माण कार्यको विस्तृत अध्ययन कार्य भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.