News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

धनगढीका सामुदायिक विद्यालयको नतिजा क्रमश सुधार हुँदै

बुधबार, चैत्र २६, २०८१
काठमाण्डौ ।

धनगढी-  धनगढी उपमहानगरपालिकाले यो वर्ष सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजामा सुधार भएको छ। बुधबार उपमहानगरपालिकाले सार्वजनिक गरेको शैक्षिकसत्र २०८१ को नतिजा गत वर्ष र अघिल्लो वर्षको तुलनामा सुधार भएको हो।
शैक्षिकसत्र २०७९ मा धनगढीका ४४ सामुदायिक विद्यालयको कक्षा ८ मा जम्मा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी पास भएका थिए। उपमहानगरपालिकाले परीक्षामा कडाइ गरेपछि एकाएक नतिजा खस्किएको थियो।

यस्तै, गत शैक्षिकसत्र २०८० मा सामुदायिक विद्यालय तर्फ कक्षा ८ का ३० दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यो वर्ष थप सुधार भएर कुल परीक्षार्थीको ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको युवा, खेलकुद तथा शिक्षा महाशाखाले जनाएको छ।
महाशाखाले प्रकाशित गरेको नतिजामा यो शैक्षिकसत्रमा ४४ सामुदायिक विद्यालयबाट दुई हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक हजार २३३ जना पास भएका हुन्।

सामुदायिक विद्यालय तर्फ ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा धनगढीका ६३ संस्थागत विद्यालयबाट भने ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढीका जम्मा १०७ सामुदायिक र संस्थागत विद्यालयको परीक्षाको नतिजामा सुधार हुँदै यो वर्ष ६१ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५१ दशमलव ४० प्रतिशत पास भएकामा शैक्षिकसत्र २०७९ मा ३२ दशमलव ७८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.