News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइदैँ

सोमवार, बैशाख १, २०८२
काठमाण्डौ ।

धनगढीः सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाइँदैछ।

सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ।हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रूपमा मनाउने गर्दछन्। बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ।

नयाँ वर्ष सुरु भएकै दिन सुदूरपश्चिम प्रदेशमा बिसु पर्व मनाइँदैछ। सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ।हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रूपमा मनाउने गर्दछन्।

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरू फर्कने चलन छ। बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ।

वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ। यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ। देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ। आज यहाँ विभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जङ्गली जनावरहरूको जस्तै अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.