News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकका १८औं गभर्नर नियुक्त

काठमाण्डौ ।

 

विरेन्द्र बाग:काठमाडौं, जेठ ७ — करिब डेढ महिनादेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा मंगलबार डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को निर्णयपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिबाट सिफारिस भएका तीनमध्ये पहिलो प्राथमिकतामा रहेका डा. पौडेल गभर्नर बनेका हुन्।

 

पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएपछि निलम तिम्सिनाले कार्यवाहक गभर्नरको भूमिका निर्वाह गर्दै आएकी थिइन्।

 

डा. पौडेलको नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सहमतिअनुसार भएको हो। नियुक्ति विरुद्ध सर्वोच्चमा परेको रिट दरपिठ भएपछि उनको नियुक्ति प्रक्रिया सहज बनेको हो।

 

डा. पौडेलको परिचय

ख्यातिप्राप्त अर्थविद् डा. पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट पीएचडी गरेका हुन्। उनले विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन, मिलेनियम च्यालेन्ज कर्पोरेशनलगायत संस्थामा कार्य गरिसकेका छन्।

 

केही समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका उनले पछिल्लो समय काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका थिए। नेपाल उद्योग परिसंघको थिंकट्यांक प्रमुख आर्थिक सल्लाहकार, नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्षजस्ता भूमिकामा पनि उनी सक्रिय थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.