News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

अत्तरियाको गोदावरीमा लागू पदार्थ दुव्र्यसन नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाण्डौ ।

अत्तरिया-  गोदावरी नगरपालिकाका १५ सामुदायिक माध्यमिक विद्यालयमा लागू पदार्थ दुव्र्यसन नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक विकास मञ्च, सुदूरपश्चिम प्रदेश अत्तरियाको आयोजना तथा इलाका प्रहरी कार्यालय मालाखेतीको सहजीकरणमा कार्यक्रम संचालन गरिएको थियो।

बुधवार दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय, अत्तरियामा आयोजित समापन कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई लागू औषधका प्रकार, असर, यसको दुष्परिणाम, तथा बच्नका उपायबारे जानकारी प्रदान गरिएको थियो।

नगर प्रमुख भट्टले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू जोखिमयुक्त उमेर समूहमा पर्ने भएकाले उनीहरू लागू औषध जस्ता कुलतमा फस्ने सम्भावना बढी हुने बताए। यही संवेदनशीलतालाई ध्यानमा राख्दै नगरका प्रत्येक वडामा एक–एक विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

भट्टले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बालबालिकाको उपस्थिति, गतिविधि तथा अनुशासनका विषयमा विद्यालयसँग निरन्तर समन्वय गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने, अन्य साथीहरूसँग बाँड्ने तथा सकारात्मक सोचका साथ आफ्नो व्यक्तित्व विकास गर्ने अठोट व्यक्त गरे।
नगर प्रमुख भट्टले सामाजिक विकास भौतिक पूर्वाधारजतिकै महत्वपूर्ण रहेको स्पष्ट गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।
गोदावरी नगरपालिकाको सहयोगमा १५ विद्यालयहरुमा आयोजना गरिएको लागू औषध दुर्व्यसनी रोकथाम कार्यक्रममा करिब तीन हजार भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.