News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु

शुक्रबार, असार २०, २०८२
काठमाण्डौ ।

मकवानपुर – मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभ¥याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका धनुषा जनकपुर ४ बस्ने झाको उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारकै क्रममा चिकित्सकले राति २३ः५० बजे मृत घोषणा गरेको जानकारी दिनुभयो ।

हाल हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङमा बस्दै आउनुभएका प्रधानाध्यापक झा उक्त विद्यालयमा लामो समयदेखि अध्यापनरत रहनुभएको राक्सिराङ राङगाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.