News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

भोटेकोशीको बाढीले मितेरी पुलसहित गाडी बगायो, चीनसँगको स्थलमार्ग सम्पर्क विच्छेद

मङ्लबार, असार २४, २०८२
काठमाण्डौ ।

काठमाडौं –  चीनको तिब्बती भूभागमा भएको भीषण वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले नेपाल(चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । मध्यरातमा लेदोसहित उर्लिएको भोटेकोशीको भेलले रसुवागढीस्थित मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका सवारीसाधन बगाएर लगेको हो ।

बाढीले नेपाल र चीनबीचको स्थलमार्गलाई जोड्ने एकमात्र मितेरी पुललाई पूर्ण रूपमा ध्वस्त बनाएपछि दुई देशबीचको स्थलमार्ग सम्पर्क विच्छेद भएको छ । नदी किनारमा रहेको भन्सारको ड्राइपोर्ट’ सुक्खा बन्दरगाह बाढीले तहसनहस बनाएको छ । भन्सार पासको पर्खाइमा पार्किङ गरिएका करिब १५० वटा कन्टेनर र गाडीहरूमध्ये अधिकांशलाई बाढीले बगाएर बेपत्ता बनाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार, भन्सार यार्ड बगरमा परिणत भएको छ, अधिकांश गाडीहरू बाढीले निल्यो । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

अचानक आएको बाढीले केही मानिसहरूलाई समेत बगाएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । यद्यपि, प्रमुख जिल्ला अधिकारी पौडेलले मानवीय क्षतिको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भइनसकेको र खोजी तथा उद्धार कार्यका लागि प्रयास भइरहेको बताए । पुल बगाएसँगै सीमावर्ती क्षेत्रमा रहेका कैयन् व्यापारी, चालक तथा स्थानीय बासिन्दाहरू अलपत्र परेका छन् ।

प्रशासनले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने क्षतिको पूर्ण विवरण संकलन र उद्धार कार्यलाई तीव्रता दिइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.