News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

उच्च बार पाटनको निर्वाचनमा सधै जित्दै आएको पिपिएलए विरुद्ध प्यानल सहित स्वतन्त्र कानून व्यवसायी मञ्चको उम्मेद्वारी

मङ्लबार, साउन १९, २०८३
काठमाण्डौ ।

उच्च अदालत बार एशोसिएशन पाटन ललितपुरको आगामी कार्यसमिति तथा कार्यकारिणी परिषद (पार्षद) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ। यस पटकको निर्वाचनमा स्वतन्त्र कानून व्यवसायी मञ्चले इतिहासमै पहिलो पटक यस बारमा सधै जित्दै आएको पिपिएलए विरुद्ध पूर्ण टिम सहित उम्मेदवारी दर्ता गराएको छ, जसअन्तर्गत मञ्चले सबै पदाधिकारी, सदस्य तथा पार्षदमा समेतका उम्मेदवारहरू खडा गरेको हो ।

उच्च अदालत बार एशोसिएशन पाटन एकाइ अहिलेसम्म सधैं पिपिएलएले जित्दै आएको बार एकाइको रूपमा परिचित छ। यस एकाइको निर्वाचनमा अन्य कुनै संगठनबाट पुर्ण उम्मेद्वारले प्रतिस्प्रधा गर्न नसकेको भए पनि यस पटकको चुनावमा पहिलो पटक प्रतिस्प्रधामा उत्रिएको स्वतन्त्र मञ्चले भने इतिहासमै पहिलोपटक सबै पदमा प्यानल सहितको उम्मेद्वारी दिएको हो ।

यस पृष्ठभूमिमा स्वतन्त्र कानून व्यवसायी मञ्चको यसपटकको पूर्ण प्यानल उम्मेदवारी र सधै जित्दै आएको पिपिएलएको अन्य संगठन संगको गठबन्धन सहितको उम्मेद्वारीलाई चासोका साथ हेरिएको छ । यस चुनावमा सदाबहार जित्दै आएको पिपिएलएको मुख्य प्रतिस्प्रधी स्वतन्त्र कानून व्यवसायी मञ्चको टिम बनेको छ ।

चुनावमा गठबन्धन सहित पिपिएलए, स्वतन्त्र कानून व्यावशायि मञ्च र डिएलएको प्रतिस्प्रधा छन । पिपिएलएले पनि अन्य संगठनहरूसँग गठबन्धन गरेको भए पनि स्वतन्त्र कानून व्यावशायि मञ्च र डिएलए भने एकल प्रतिस्पर्धामा छन ।

पिपिएलएले एकाधिकार जमाउँदै आएको बार एकाइमा यसपटक पहिलो पटक स्वतन्त्रले सबै पदमा उम्मेदवार उठाएसँगै नतिजा के हुने भन्नेतर्फ कानुन व्यवसायी समुदायको चासो बढेको छ। साथै पिपिएलएको गठबन्धन बाट रुष्ट सदस्यहरुले विरोध समेत गरिरहेकोले चुनावी नतिजा अझै रोचक हुने कानून व्यावशायिहरु बताउछन ।

# उच्च बार पाटन # कानून व्यवसायी # बार निर्वाचन # स्वतन्त्र कानून व्यवसायी मञ्च

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.